इजरायल–हमास युद्धमा अमेरिकाको इन्ट्री ! अहिलेसम्म ७२ जनाको ज्यान गइसक्यो – Dcnepal

इजरायल–हमास युद्धमा अमेरिकाको इन्ट्री ! अहिलेसम्म ७२ जनाको ज्यान गइसक्यो

काठमाडौं। इजरायल र हमासबीच केही दिनदेखि जारी युद्धमा अमेरिकाको प्रवेश भएको छ । यो युद्धमा अहिलेसम्म ७२ जनाको ज्यान गइसकेको छ । मारिनेमध्ये ६५ जना प्यालेस्टाइनी हुन् । गाजा पट्टी क्षेत्रबाट हमासले गरेको रकेट आक्रमणमा इजरायलमा ७ जनाको ज्यान गएको छ ।

इजरायलले हमासलाई आतंकवादी संगठन मान्छ । हमासले अल जजीरासँग कुरा गर्दै भनेको छ ‘इजरायलतर्फबाट भएको एयरस्ट्राइकमा हमासका गाजा सहरका कमाण्डर बसिम इसाको मृत्यु भएको छ । अन्य कैयौं कमाण्डर पनि मारिएका छन् ।’ गाजाको स्वास्थ्य मन्त्रालयले एक बयान जारी गर्दै मारिनेमा १६ बालबालिका र ५ जना महिला रहेको बताएको छ । इजरायलको एयरस्ट्राइकमा ३६५ प्यालेस्टाइनी घाइते भएका छन् । घाइतेमध्ये ८६ बालबालिका र ३९ महिला छन् ।

हमासले अहिलेसम्म इजरायलमा १ हजार ५ सयभन्दा धेरै रकेट हानिसकेको छ । अब यो युद्धमा अमेरिकाको प्रवेश भएको छ । अमेरिकाले इजरायल र प्यालेस्टाइनका नेताहरुसँग कुरा गरेर युद्ध रोक्न अपिल गरेको छ । इजरायलका कैयौं सहरमा दंगा पनि सुरु भएका छन् । बुधबार राती हमासले फेरि इजरायलमाथि रकेट आक्रमण गरेको थियो । हमासले बुधबार रातीदेखि बिहीबार बिहानसम्म १८० रकेट हानेको दावी गरेको छ ।

गाजा पट्टीबाट हानिएको एउटा रकेट तेल अभिभको बस्ती क्षेत्रमा खसेको थियो । हमासको यो रकेट आक्रमणमा ५ वर्षका बालक र उनकी आमा गम्भीर घाइते भएको बताइएको छ । पछि उपचारका क्रममा बालकको अस्पतालमा मृत्यु भयो । यसका अलावा अन्य २० जना घाइते भएका थिए । यो आक्रमणपछि इजरायलको एयरफोर्सले गाजा पट्टीमा हमासका ५ सयभन्दा धेरै अड्डालाई निशाना बनाएको थियो ।

इजरायल र प्यालेस्टाइनबीच सुरु भएको यो युद्धसँगै इजरायलका कैयौं सहरमा यहुदी र अरबी मूलका नागरिकबीच दंगा सुरु भएको छ । दंगाका सबैभन्दा धेरै घटना जेरुसेलम, लोड, हाइफा र सखनिनमा भएका छन् । दंगाका कारण स्थिति बिग्रिएपछि लोड सहरमा संकटकाल लगाइएको छ । दंगाका कारण यहाँ संकटकाल लगाइएको १९६६ पनि पहिलो पटक हो ।

दंगामा ३६ पुलिसकर्मी घाइते भएका छन् । इजरायलको पुलिसले दंगामा सहभागी ३७४ जनालाई पक्राउ गरेको छ । टाइम्स अफ इजरायलका अनुसार हमासका सिनियर कमाण्डरले युद्ध रोक्न सहमति जनाएका छन् तर इजरायल अहिले यसको लागि तयार छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राती इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन् । बाइडेनले इजरायलमाथि सयौं रकेट आक्रमण भएकोले यस्तो समयमा इजरायलसँग आफ्ना नागरिकको रक्षा गर्ने अधिकार भएको बताएका छन् । बाइडेनले यो युद्ध छिटै समाप्त हुने अपेक्षा गरेका छन् ।

ह्वाइट हाउसको तर्फबाट जारी बयानमा बाइडेनले तेल अभिभ र जेरुसेलममा हमासको रकेट आक्रमणको निन्दा गरेको बताइउको छ । राष्ट्रपति बाइडेनले आफू इजिप्ट, जोर्डन, प्यालेस्टाइन र कतार सहित कैयौं खाडी देशसँग लगातार सम्पर्कमा रहेको बताएका छन् । यसअघि अमेरिकी रक्षा मन्त्री उन्टोनी ब्लिंकनले पनि नेतन्याहुसँग कुरा गरेका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग बुधबार कुरा गरेपछि अमेरिकी रक्षामन्त्री एन्टोनी ब्लिंकनले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग कुरा गरेका थिए । ब्लिंकनले जेरुसेलम, वेस्ट बैंक र गाजामा भएको प्यालेस्टाइनी नागरिकको मृत्युप्रति समवेदना व्यक्त गरे । उनले हमासको रकेट आक्रमणलाई पनि गलत भन्दै युद्ध समाप्त गर्ने विषयमा चर्चा गरेका थिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो