जलविद्युत आयोजनाका सिलिण्डर बिरामीलाई दिन विभागको अपील
काठमाडौं। विद्युत् विकास विभागले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवर्दकहरुलाई अक्सिजन सिलिण्डर कभिडका बिरामीलाई दिइ सहयोग गर्न अपिल गरेको छ।
विभागले बिहीबार सूचना जारी गर्दै कोभिड १९ संक्रमण बढ्दै गएको अवस्थामा खाली, अक्सिजनसहित र मर्मत गरी प्रयोगमा ल्याउन सकिने सिलिण्डिर कोभिड–१९ का बिरामीलाई दिई सहयोग गर्न अपील गरेको हो।
विभागले सञ्चालनमा रहेका तथा निर्माणाधीन सम्पूर्ण जलविद्युत् आयोजनाका प्रवद्र्धकहरुलाई पत्र लेखी सिलिण्डरसम्बन्धी विवरण विभागलाई एसएमएस वा इमेल गरी जानकारी दिन आग्रह गरेको छ।
विभागले उक्त जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने र विभागको वेवसाइटमा समेत राखिने जनाएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment