प्रहरीले अवैध मसाज पार्लरमा छापा मार्दा प्रहरीकै बरिष्ठ अधिकारी रंगेहात समातिएपछि…

डिसी नेपाल
३१ वैशाख २०७८ १४:५७

काठमाडौं। प्रहरीले अवैध मसाज सेन्टरहरुमा छापा मारेर विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेका घटना हामीले धेरै सुनेका छौं । तर, प्रहरीले यसरी छापा मारेर आफ्नै बरिष्ठ अधिकारीलाई रंगेहात समातेपछि हंगामा भएको छ । यसरी रंगेहात समातिएका बरिष्ठ प्रहरी अधिकारीलाई अहिले विदामा पठाएर थप अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ । बीबीसीको रिपोर्टअनुसार घटना हङकङको हो ।

हङकङ प्रहरीले हालै एक अवैध मसाज पार्लरमा छापा मारेपछि नै चर्चा चुलिदएको छ किनकि हङकङ प्रहरी बलले त्यो मसाज पार्लरमा जे भेटे त्यसको शायदै उनीहरुले कल्पना गरेका थिए । यो मसाज पार्लर इजाजत बिना चलिरहेको थियो । जब यहाँ प्रहरीले छापा मार्यो यहाँ हङकङ प्रहरीकै एक शीर्ष अधिकारी भेटिए । यी अधिकारीको नाम फ्रेडरिक चोइ चिन पेंग भएको बताइउको छ । यी अधिकारी हङकङ प्रहरीका बरिष्ठ असिस्टेन्ट कमिश्नर हुन् ।

रिपोर्टका अनुसार छापा मार्ने क्रममा यी अधिकारी समातिएपछि उनलाई विदामा पठाइएको छ । फ्रेडरिक हङकङ प्रहरीको राष्ट्रिय सुरक्षा युनिटका निर्देशक समेत हुन् । यो घटनाले हङकङ प्रहरीको छविलाई ठूलो धक्का लाग्न सक्ने मानिएको छ । २०१९ देखि नै हङकङ प्रहरीले धेरै आलोचनाको सामना गर्नु परिरहेको छ । २०१९ देखि नै हङकङ प्रहरी सरकार विरोधी प्रदर्शनमाथि दमन गरेका कारण निकै अलोकप्रिय हुँदै गइरहेको थियो ।

पछिल्लो घटनामा हङकङ प्रहरी प्रमुख क्रिस टेंगले फ्रेडरिकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै यो घटनाले प्रहरीको छविमा फरक पर्ने स्वीकार गरेका छन् । तर, उनले राष्ट्रिय सुरक्षा विभाग कुनै एक अधिकारीमाथि हुने जाँचका कारण विचलित नहुने उनले बताएका छन् । फ्रेडरिक हङकङ प्रहरीमा तेस्रो दर्जाका उच्च अधिकारी हुन् । फ्रेडरिकले १९९५ मा प्रहरीमा सेवा सुरु गरेका थिए । उनले चीन, बेलायत, क्यानडा, अस्ट्रेलिया र अमेरिकामा प्रशिक्षण लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *