संगीतकार पेमा वाङ्ग्दी लामाको ‘हाम्रो जिन्दगी’ को म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
३१ वैशाख २०७८ १५:२२

काठमाडौं। गीतकार पेमा वाङ्ग्दी लामाको ‘हाम्रो जिन्दगी’ को बोलको गीत सार्वजनिक भएको छ। गायक पेमा वाङ्ग्दी लामा र सुबानी मोक्तानको स्वर रहेको गीत सुभोध योङजनले लेखेको छ। जीवनमा आधारित गीतको म्युजिक भिडियोमा हिमाली क्षेत्रकार केल्साङ केस, रमन महर्जन र तेन्जीङ नामगेलको अभिनय छ।

पेमा वाङ्ग्दी लामाको निर्देशनमा तयार भएको भिडियोलाई जीवन निरौलाले खिचेका हुन्। अकुस्टिक नेपाल स्टुडियोमा रेकर्ड र जर्सिङ्गपौवामा छायांकन गरिएको यस म्युजिक -भिडियोमा सचिन सिंहको पर्क्युसन सेटअप र प्रकाश मिश्रको मिक्सिङ्ग, गितारमा अनुप दास र संजीव भराइली, टुङन्मा छिरिङ ग्युर्मे, बासुरीमा रमन महर्जन, तबलामा जीवन राई र संयोजकमा सोनाम जाङबु शेर्पाको सहयोग रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *