चिकित्सको सिफारिशविना अक्सिजन सिलिन्डर घरमा नराख्नू : स्वास्थ्य मन्त्रालय

डिसी नेपाल
३१ वैशाख २०७८ २०:४०
32
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिशविना घरमा अक्सिजन सिलिन्डर नराख्न दिर्नेशन जारी गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको हाहाकार मच्चिएको छ। हाल सीसीएमसीबाट मन्त्रालयले अक्सिजनको व्यवस्थापन गर्ने जिम्मेवारी आफूमा लिएको छ।

जिम्मेवारी लिएपछि मन्त्रालयले शुक्रबार साँझ एक सूचना जारी गर्दै घरमा अक्सिजन सिलिन्डर नराख्न निर्देशन जारी गरेको हो। साथै मन्त्रालयले कतै सिल्न्डिर भेटिए जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनसमेत अनुरोध गरेको छ।

अक्सिजन नहुँदा दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ। अस्पतालहरुले अक्सिजन नभएको भन्दै सेवा बन्द गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *