कोरोनाबारे बालुवाटारमा विज्ञ, सुरक्षा निकाय र निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल जारी

डिसी नेपाल
१ जेठ २०७८ १८:४१
984
Shares

काठमाडौं। कोरोना महामारीबारे प्रधानमन्त्री निवास बालुवाटारमा जनस्वास्थ्य विद्, सुरक्षा निकायका प्रमुख र निजी क्षेत्रसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन्। तेस्रो पटक प्रधानमन्त्री बनेपछि ओलीले शनिबार बालुवाटारमा छलफल गरेका हुन्।

रासस

कोरोना महामारीको दोस्रो लहरमा देशको स्वास्थ्य संरचना ध्वस्त भएको र दैनिक सयौंको संख्या मानिसहरु मरिरहेका बेला प्रधानमन्त्री ओलीले यो छलफल आयोजना गरेका हुन्। देशले नयाँ सरकार पाएसँगै राजनीति खिचातानी सकिएको छ। यसअघि प्रधानमन्त्री ओली र दलहरुको ध्यान राजनीतिक खिचातानीमै सिमित रहेको थियो।

रासस

सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै कोरोना विरुद्धको लडाइँमा सबैलाई एक्जुट पार्न सरकारलाई भनिए पनि प्रधानमन्त्री ओलीले दलहरुसाग भने यसप्रकारको छलफल गरेका छैनन्। कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले पहिलो पटक यसप्रकारको छलफल गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *