स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने सीसीएमसीकाे निर्णय

डिसी नेपाल
२ जेठ २०७८ १५:१८
136
Shares

काठमाडौं।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले  कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा निजी क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई समेत निर्देशन दिएको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको मन्त्री  ज्ञवालीले जानकारी दिए।

‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने। उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने। लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं,’ बैठकपछि मन्त्री ज्ञवालीले भने।

‘संक्रामक रोग ऐन २०२० ले मात्रै नपुगेकोले कानून मन्त्रालयलाई आवश्यक काम गर्न भनिएको छ। थप कानूनी संरचना आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘खरिद प्रक्रियामा एड्भान्स पेमेन्टको परिकल्पना छैन अहिले एड्भान्स पेमेन्ट नगरी खोप खरिद गर्न नसकिने अवस्था छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *