नेपालमा फैलिएको कोरोना भारतीय भेरियन्ट भएको पुष्टि

डिसी नेपाल
४ जेठ २०७८ २०:१४

काठमाडौं । नेपालमा फैलिरहेको कोरोना भाइरस भारतीय भेरियन्टको भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता ३५ ओटा नमूना संकलन गरी भारतको ल्याबमा जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात ३४ ओटा नमूनामा बी १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

विश्व स्वास्थ्य संगठनले गत मे १० मा यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषण गरेको थियो । योसँगै नेपालमा परिवर्तित भाइरस तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघी नेपालमा बेलायतको भेरियन्ट पनि फैलिएको थियो ।

यो भेरियन्ट सबै उमेर समूहमा संक्रामक देखिएको र जोखिमपूर्ण रहेको पनि मन्त्रालयले जनाएको छ ।

विज्ञप्ति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *