मुख्यमन्त्री पोखरेलविरुद्ध सर्वोच्चमा जाने विपक्षीहरुको निर्णय
फाइल
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले सर्वोच्च अदालत जाने निर्णय गरेका छन्। बुधबार नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको बैठकले सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको हो।
विपक्षीहरुले प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशनको माग गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्दै विशेष अधिवेशन बोलाउन अस्वीकार गरेपछि विपक्षीहरुले न्यायिक उपचार खोज्ने निर्णय गरेका हुन्।
यसअघि पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको थियो। सो अविश्वास प्रस्तावमाथि छलफल हुने दिन नै शुरुमा राजीनामा दिएका पोखरेलले सोही दिन बेलुका पुनः मुख्यमन्त्रीको शपथ लिएका थिए। तर, अल्पमतमा रहेको भन्दै विपक्षहरुले विरोध जनाउँदै आएका थिए।

No ads found for this position


डिसी नेपाल
Facebook Comment