अक्सिजनको कालोबजारी गर्ने तीनजना पक्राउ
काठमाडौं। कोरोना संक्रमणका कारण बिमारी भई अस्पतालमा उपचाररत रहेको विरामीहरूको लागि अक्सिजन ग्यास अभाव भैरहेको अवस्थामा अक्सिजन ग्यासको कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले अक्सिजन ग्यासको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा ग्यास सिलीण्डर बिक्री बितरण गर्ने रामशरण घिमिरे, नबराज खनाल र राम शरण अधिकारीलाई पक्राउ गरेको हो।
उनीहरुले वजारमा १५ हजार पर्ने अक्सिजन ग्यासको सिलिण्डरलाई ४१ हजारमा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको हो। ललितपुर प्रहरीका अनुसार उनीहरुको ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १४ महालक्ष्मीस्थान स्थितबाट अक्सीजन भरिएको ग्यास सिलिण्डर थान १ र सोही ग्यास खरिद विक्री गर्दै गरेको नगद रु ४१ हजार रुपैया पनि बरामद गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment