दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस

डिसी नेपाल
६ जेठ २०७८ ६:३४
116
Shares

दमाैली । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ। व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो। दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै आएका थिए।

कोरोना सङ्क्रमित भएपछि व्यासका मिर्गौला पीडितले गत शुक्रबार र म्याग्देका मिर्गौला पीडितले आइतबार पहिलो पटक डायलासिस गराएका थिए। दुवैजनाको बुधबार राति दोस्रो पटक डायलासिस गरिएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए। “अरु सबैको डायलासिस सकिएपछि उहाँहरुलाई छुट्टै राखेर डायलासिस गराइएको छ”, पण्डितले भने।

कोरोना सङ्क्रमित दुवै पुरुषको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन्। विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो। केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ। केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *