कोरोना संक्रमणबाट पूर्वसांसद यादवको निधन

डिसी नेपाल
६ जेठ २०७८ ९:३१
84
Shares

धनुषा। कोरोना संक्रमणबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधन भएको छ। यादवको आज बिहान मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको हो।

यादवलाई संक्रमण भएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो। उनी पार्टीको धनुषा इन्चार्ज थिए।यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।

बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुई सातअघि उनलाई संक्रमण पुष्टि भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *