माओवादी केन्द्रका नेता पाण्डेमाथि गाेली प्रहार, अवस्था चिन्तजनक

डिसी नेपाल
६ जेठ २०७८ १०:२३

काठमाडौं। कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति एक समूहले गोली प्रहार गरेको छ। तीन जनाको समूहले प्रहार गरेको गोली पाण्डेको पेट र कम्मरमा दुईवटा गोली लागेको छ।

कपिलवस्तु तौलिहवाका ३५ वर्षीय घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज पाण्डेले जानकारी दिए।

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको छ उनको अवस्था चिन्ताजनक रहेको छ। ठेक्कापट्टाको काम गर्ने पाण्डेमाथि निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली चलाएको प्रहरीले जनाएको छ। पाण्डेले नदिजन्य, क्रसर उद्योग तथा ठेक्कापट्टाको काम गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *