तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु
सांकेतिक तस्वीर
फुङ्लिङ । तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ। घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment