माओवादी केन्द्रका नेता पाण्डेलाई गोली हानेको आरोपमा सात जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
६ जेठ २०७८ १४:१६

काठमाडौं। माओवादीका जिल्ला कमिटी सदस्य दीपक पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका १ बस्ने ३४ वर्षीय पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय इयाज अख्तर मुसलमान बुधबार राति गोली हानेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लु. ९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा घाइते भएका थिए।

पाण्डेलाई भैरहवा मेडिकल कलेजमा उपचार गराइराखेको छ। प्रहरी नायव उपरिक्षक ९डिएसपी० धर्मराज पाण्डेले पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बताए। घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ। पाण्डे क्रसर तथा नदीजन्य निर्माण सामाग्री व्यवशायी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *