नेपाललाई कोभिड खोप प्रदान गर्न बेलायतसँग प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोगकाे आग्रह गरेकाछन्। बेलायती राजदूत निकोला पोलिटले आज बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेकी थिइन्।
प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, मख्यतः कोभिड–१९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्, ‘प्रधानमन्त्रीज्यूले यस क्रममा बेलायतले गरेको सहयोगका लागि धन्यवाद गर्नुभएको छ र नेपाली जनताको लागि अस्ट्राजेनेका कोभिड–१९ खोप उपलब्ध गराउन अनुरोधसमेत गर्नुभएको छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment