लडेर विभिन्न जिल्लामा ७ जनाको मृत्यु

डिसी नेपाल
६ जेठ २०७८ १६:५६
108
Shares

काठमाडौं। देशका विभिन्न जिल्लामा लडेर ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका ८ मजुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर सोही ठाउँ बस्ने २० वर्षीया सपना तामाङ र उनकै डेढ वर्षीया छोरी डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका ६ रानीपुलस्थित नवनिर्मित बेलीब्रिज पुल बनाउने क्रममा चिप्लिएर लड्दा सोही पुलमा काम गर्ने बारा सिमरा बस्ने २६ वर्षीय श्याम सुन्दर चौधरीको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ।

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका ५ लेब्रुङ उतिसे भिरबाट लडेर सोही ठाउँ बस्ने २८ वर्षीय सिताराम बस्नेतको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ।
दार्चुला, महाकाली नगरपालिका(८ चिउरी राताकाठा बस्ने ५५ वर्षीय बिशन सिह बिष्टको बाटोबाट लडेर करिब २ सय मिटर तल खस्दा बुधबार राति मृत्यु भएको छ। सोही ठाउँस्थित काकडी खोला खर्कबाट आफ्नै घर चिउरीतर्फ फर्कने क्रममा बाटोबाट लड्दा उनको मृत्यु भएक हो।

उदयपुर, कटारी नगरपालिका m८ मरुवाखानी बस्ने २९ वर्षीया गिता बिकको सोही ठाउँस्थित मरुवाखानी जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर करिब २ सय मिटर तल खस्दा बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ।

प्युठान, स्वर्गद्धारी नगरपालिका(८ कुसुण्डे बस्ने ६१ वर्षीय मान बहादुर ठेडिमगरको माण्डवी गाउँपालिका १ खरीवाङ रिपा भिरबाट लडेर बुधबार राति घटनास्थलमै मृत्यु भएको छ। घरबाट सोही गाउँपालिका १ तिरामस्थित १३ दिने पुण्य तिथिमा जाँदै गरेको अवस्थामा भीरबाट लड्दा उनको मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *