चीनबाट आयो स्वास्थ्य सामाग्री

डिसी नेपाल
६ जेठ २०७८ २१:५१
168
Shares

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनबाट कोरोना प्रभावित नेपालका लागि स्वास्थ्य सामाग्री सहयोग आएको छ। विहीबार चिनियाँ सहयोग नेपाल आइपुगेको परराष्ट्र मन्त्रलयले जनाएको छ। मन्त्रालयका अनुसार चीनबाट जीवन रक्षक औषधि र स्वाथ्य इक्वीपमेन्ट आएको हो।

मन्त्रालयले ३५ सय अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर सहयोगमा चीनले पठाएको जानकारी दिएको छ। चिनियाँ सामाग्री एयरलिफ्ट गरेर विहीबार काठमाडौं ल्याइएको हो। मन्त्रालयका अनुसार अन्य चिनियाँ सहयोग पनि रसुवागढी नाकामा आइपुगेको छ भने केही सहयोग तातोपानी नाकामा आइपुग्ने क्रममा छ।
नेपाल सरकारले सहयोग गरेकोमा चीनलाई धन्यवादसमेत दिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *