जापानमा मडेर्ना र एस्ट्राजेनेका खोपलाई अनुमति
टोकियो। जापानमा कोरोना भाइरसविरुद्धका दुईवटा खोपलाई आपतकालीन अनुमति दिइएको छ। अमेरिकी कम्पनी मडेर्नाको खोप र एस्ट्राजेनेका र अक्सफोर्डको खोपलाई अनुमति दिइएको हो।
जापानी स्वास्थ्य मन्त्रालयको एक विशेषज्ञ प्यानेलले यी दुबै खोप प्रयोगका लागि अनुमति दिएको छ। खोपले अनुमति पाएसँगै जापानमा खोप अभियानले तिब्रता पाउने विश्वास गरिएको छ।
दुबै खोपलाई हाल युरोप लगायत अन्य ५० भन्दा बढी देशमा अनुमति दिइएको छ। जापानी स्वास्थ्य मन्त्रालयले १८ बर्षभन्दा माथिको उमेरका लागि ती दुबै खोप प्रयोग गर्न अनुमति दिएको छ।
तर मन्त्रालयले एस्ट्राजेनेका खोपको उपयोगको लागि सिफारिस गरिएको उमेर सीमा तोक्न सकिने बताएको छ। किनभने ईयू नियामक प्राधिकरणले एस्ट्राजेनेका खोपको प्रयोगले रगत जम्ने खालको घातक असर देखिएको भन्दै चेतावनी दिएको छ। ईयू प्यानलले अनुमोदन गरेपछि जापानी स्वास्थ्य मन्त्री तमुरा नोरिहिसाले शुक्रवार खोपलाई औपचारिक रूपमा प्रयोग थालिने घोषणा गरेका छ्न्।
मोडेर्नाको खोप अआगामी सोमबारदेखि टोकियो र ओसाकाका ठूला खोप केन्द्रहरुमा लगाउने तयारी भइसकेको छ। यसका लागि दश लाखभन्दा बढी मात्रामा खोप आयात गरिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment