सम्बन्धविच्छेद घोषणा गरेको ३ हप्तापछि बिल गेट्सको हातमा बिहेको औंठी ! (तस्वीरहरू)

डिसी नेपाल
९ जेठ २०७८ १६:५९
1.1k
Shares

काठमाडौं। माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्स र उनकी पत्नी मेलिन्डाले सम्बनधविच्छेदको घोषणा गरेको ३ हप्तापछि पहिलो पटक सार्वजनिक रुपमा देखिएका बिल गेट्सको हातमा बिहेको औंठी देखिएपछि यसको चर्चा चुलिएको छ । यो जोडीले यही मे महिनाको सुरुवातमा आफूहरुले २७ वर्ष लामो वैवाहिक सम्बनधको अन्त्य गर्दै सम्बन्धविच्छेद गर्न लागेको घोषणा गरेका थिए

म्यानहट्टनको वेस्ट भिलेज नेबरहुडमा रहेको ग्रिनविच होटलबाट निस्किँदै गर्दा ६५ वर्षीय बिलहो हातमा बिहेको औंठी देखिएको थियो । सम्बन्धविच्छेदको घोषणा गरेको यति लामो समय भइसक्दासम्म पनि वैवाहिक सम्बन्ध जोड्ने एक कडी मानिने औंठी उनको हातमा हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सार्वजनिक रुपमा देखिएका बिलको साथमा उनकी कान्छी छोरी फोएबे र उनका ब्वाइफ्रेण्ड पनि थिए । यसअघि यी तीनलाई शुक्रबार नेवार्क विमानस्थलमा एक निजी जहाजबाट बाहिर निस्किँदै गर्दा देखिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *