कंगोमा ज्वालामुखी विस्फोट, हजारौं मानिस रुवान्डा पुगे

डिसी नेपाल
९ जेठ २०७८ १८:२४

कंगो (एजेन्सी)। अफ्रिकी मुलुक कंगो गणराज्यमा ज्वालामुखी विस्फोट भएको छ। अधिकारीहरुले ज्लावामुखी विस्फोटबाट निस्केको लाभा गोमा सहर नजिकै आएर रोकिएको छ। अधिकारीहरुले लाभाका कारण कयौं घरहरुमा क्षति भएको जनाएका छन्।

यो ज्वालामुखी २० लाख जनसंख्या भएको गोमा सहरभन्दा करिब १० किलोमिटर टाढा रहेको छ। शनिबार माउन्ट निरागोन्गो ज्वालामुखी विस्फोट भएको थियो। विस्फोटबाट टनौं तातो लाभा निस्केको थियो।

ज्वालामुखी सिवस्फोटपछि मानिसहरु आफ्ने सामान बोकेर घरबाट बाहिर निस्केका थिए। बीबीसी सडकहरुमा मानिसहरु भागेको देखिएको उल्लेख गरेको छ। लाभाबाट बच्न सयौं मानिसहरु छिमेकी मुलुक रुवान्डा पुगेका छन्।

रुवान्डाका अभिकारीहरुले ज्वालामुखी विस्फोटपछि करिब ३ हजार मानिसहरु सीमामा आइपुगेको जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *