यो साता सङ्क्रमण दर ५.७ प्रतिशतले घट्यो

डिसी नेपाल
१० जेठ २०७८ ६:३४
148
Shares

काठमाडौँ। नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेको जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा. अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५।७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गरे।

पछिल्लो २४ घण्टामा सात हजार ९१४ सङ्क्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० सङ्क्रमित फेला परेका थिए । उनका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ।

वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९. १ प्रतिशत सङ्क्रमणको दर घटेको छ। सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ। प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले सङ्क्रमण बढेको छ। प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९।१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ। उनले सङ्क्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताए।

यस्तै जिल्लागत रूपमा ५० जिल्लामा सङ्क्रमणको दर व्यापक रुपमा फैलिएको उनको भनाइ छ। प्रतिलाख जनसङ्ख्यामा २७.८ जनामा दैनिक मानिसमा सङ्क्रमण छ। उनले गत वर्षभन्दा यस वर्ष तीन गुणाले सङ्क्रमणको दर फैलिएको जानकारी दिए। गत वर्ष असोजमा प्रतिदश लाख जनसङ्ख्यामा १३१।७ जनामा दैनिक सङ्क्रमणको दर रहेको थियो भने यसपटक जेठमा नै ३०७.६ जनामा सङ्क्रमणको दर रहेको उनको भनाइ छ। सङ्क्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ। गत वर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६.७ प्रतिशत छ। इपिडिमियोलोजिष्ट डा श्रेष्ठ सङ्क्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिए।

उनका अनुसार यस वर्ष सङ्क्रमितमध्ये १।३१ प्रतिशतको निधन र गत वर्ष ०।७५ प्रतिशतको भएको थियो। अहिले हरेक उमेर समूहमा सङ्क्रमणको कारणले मृत्युदर बढिरहेको उनको भनाइ छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा सङ्क्रमणको जोखिम रहेको बताए। उनका अनुसार काठमाडौँ, रुपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन रहेका छन्। उनका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण घट्दै र उपत्यका बाहिर बढ्दै गएको छ। सबभन्दा चैत अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म सबभन्दा दु्रत गतिमा सङ्क्रमण बढेको बताए।

गाेरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *