भारतबाट आठ स्थानीय तस्कर नेपाल छिर्न खोज्दा…

डिसी नेपाल
१० जेठ २०७८ १०:१६

काठमाडौं। सशस्त्र प्रहरीले सीमा नाकाबाट नेपालतर्फ प्रवेश नदिएको भन्दै भारतीय व्यापारीहरुले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा राखिएको बोर्डर आउट पोष्ट (बीओपी)मा आक्रमण गर्दा एक जवान गम्भीर घाइते भएका छन्।

आइतबार राती एक सशस्त्र प्रहरीको चेक पोष्टमाथि भारतीय व्यपारीहरुको समूहले आक्रमण गर्दा सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउकोमा चोट लागेको र आठ भातरीय व्यापारी घाइते पनि घाइते भएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी सीपी गौतमले जानकारी दिए। उनका अनुसार प्रदेश २ को कार्यालयबाट त्यहाँ के भएको हो भन्ने बारेमा थप जानकारी लिन विहानै टोली गएको समेत बताएका छन्।

कोरोना संक्रमणको बेलामा भारतीय व्यापारीहरु प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको र त्यही कारण आक्रमण भएको डिआइजीको दावी छ। उनका अनुसार महोत्तरीको मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत रातिनै तोडफोड गरेका छन्।

आइतबार राती ठूलो संख्यामा आएका भारतीय नागरिकले मटिहानीस्थित विओपी कार्यालय र ढाटमा आक्रमण गरेका थिए। प्रहरीले जवाफी कारवाही गरे पनि भारतीय व्यापारीहरुलाई भने गम्भीर चोटपटक भने लागेको छैन। भरतीय व्यापारीहरुले सो नाकाबाट नेपालमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। त्यसका नेपाल तर्फका केही व्यापारीहरु पनि संलग्न रहेको सशस्त्र प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *