बरिष्ठ साहित्यकार डा. गिरीको निधन

डिसी नेपाल
१० जेठ २०७८ १२:२४

काठमाडौं । बरिष्ठ साहित्यकार डाक्टर बानिरा गिरीको निधन भएको छ। नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी गिरी लामो समयदेखि विरामी थिइन्। मीन भवनस्थित निवासमा जेठ १० गते उनको निधन भएको हो।

उपन्यास र कविता सिर्जनामा लोकप्रिय मानिने गिरीका एउटा जिउँदो जङ्गबहादुर , जीवनः थामहरू , शब्दातीत शान्तनु र काठमाडौं जस्ता कविता सङ्ग्रह प्रकाशित भएका छन्।

कारागार र निर्बन्ध उपन्यासकी रचियता पनि गिरी नै हुन्। उनका मेरो आविष्कार आत्मकथा र रोकिनेले आकार दिन सक्दैन यात्रा संस्ममरण पनि नेपाली साहित्य बजारमा छन्। निबन्धमा पनि उनको कलम सशक्त रुपमा चलेको छ। पर्वतको अर्को नाम पार्वती र जङ्गल निबन्ध कृति प्रकाशित भएका छन्।

दार्जलिङमा जन्मिएकी उनी तत्कालीन सरकारबाट छात्रवृत्ति पाएर मानविकी विषयमा स्नातोकोत्तर पढ्न विसं २०२२ सालमा काठमाडौँ आएकी थिइन्।

दर्जनौ पुरस्कारबाट सम्मानित गिरीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *