८ वर्षअघि बलात्कार गर्ने व्यक्तिले अहिले पीडितलाई फेसबुकमा म्यासेज गरेर अपराध स्वीकारे

डिसी नेपाल
१० जेठ २०७८ १७:३८

काठमाडौं। ८ वर्षअघि एक किशोरीलाई बलात्कार गरेर कानुनबाट बचेर रहेका एक अपराधीले अहिले पीडितलाई म्यासेज गरेर आफ्नो अपराध स्वीकार गरेका छन् । ती बलात्कारीको म्यासेज फेसबुकमा आएसँगै अब ती पीडितको पुरानो घाउ बल्झिएको छ । साथमा उनीभित्र अब ती अपराधीलाई कानुनी सजाय दिलाउने चाहना पनि दृढ भएर आएको छ ।

समाचार एजेन्सी एपीका अनुसार अमेरिकाको पेन्सलभेनियाकी २३ वर्षकी शेनन किलर त्यस लिजन आफ्ना ब्वाइफ्रेण्डसँग विदा मनाउन गएकी थिइन् र त्यहाँ विदाको आनन्द लिइरहेकी थिइन् । सबै पीडाहरु बिर्सिएर बसेकी शेननले लामो समयपछि आफ्नो फेसबुक खोलिन् । फेसबुकमा आएको एउटा म्यासेज हेरेर उनलाई निकै नराम्रोसँग झट्का लाग्छ । सम्भवतः उनले यस्तो म्यासेजको कल्पना पनि गरेकी थिइनन् ।

म्यासेजमा लेखिएको थियो ‘मैले तिमीलाई बलात्कार गरेको थिएँ । यदि तिमीसँग समय छ भने म तिमीसँग कुरा गर्न चाहन्छु । म तिम्रो आवाज सुन्न चाहन्छु । म तिम्रो लागि प्रार्थना गर्नेछु ।’ म्यासेज पढेपछि शेनोनले बुझिन् यो व्यक्ति त्यही आरोपी हो जसले २०१३ मा एक पार्टीमा उनको पिछा गरेको थियो । त्यो व्यक्ति उनको होस्टलसम्म गएको थियो र त्यहाँ उनलाई बलात्कार गरेको थियो ।

ती आरोपीले अचानक ८ वर्षपछि सामाजिक संजालमार्फत आफ्नो अपराध स्वीकार गरेका थिए । ८ वर्षअघि घटना भएपछि शेननले यसबारे पुलिसमा उजुरी गरेकी थिइन् । तर, पुलिसबाट उनले धेरै सहयोग पाइनन् । पुलिसले ती आरोपीलाई फेला पार्न र सजाय दिन सकेन । आरोपी कानुनबाट बचे र शेनन लामो समयसम्म यो पीडा साथमा लिएर बाँच्न बाध्य भइन् । तर, अब आरोपीले यसरी फेसबुकमा म्यासेज गरेपछि त्यसैका आधारमा उसलाई सजाय दिलाउन सकिने आशा शेननमा पलाएको छ ।

म्यासेज आएपछि शेननले आफ्ना वकिललाई भेटेर कानुनी कारवाही कसरी अगाडि बढाउने भन्ने विषयमा पराशर्म गरेकी छिन् । शेननले अब आफूले यो लडाइँ लड्ने र अपराधीलाई सजाय दिलाएरै छाड्ने बताएकी छिन् । शेननकाअनुसार गत वर्ष पुलिसले यो केस बन्द गरिदिएको थियो । उनी भन्छिन् ‘अमेरिकाजस्तो देशमा बलात्कारका निकै कम घटना पुलिसमा पुग्छन् । यो यस्तो अपराध हो जसमा केटीले निकै कठिनाइ सामना गर्नुपर्छ । मलाई आशा छ यस पटक मैले न्याय पाउँछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *