घट्दो क्रममा कोरोना संक्रमण, ४६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

डिसी नेपाल
१० जेठ २०७८ १८:५०

काठमाडौं । नेपालमा अघिल्लो साताको तुलनामा यो साता कोरोना संक्रमितको संख्यामा कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ जना रहेको छ ।

अघिल्लो हप्ता काठमाडौं उपत्यकामा मात्र करिब ४० हजार सक्रिय संक्रमित थिए । मन्त्रालयको सोमबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा २८ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा डा. अर्चना श्रेष्ठले अघिल्लो साताभन्दा यो साता संक्रमितको संख्यामा ५.७ प्रतिशतले कमी आएको जानकारी दिएकी थिइन् ।

सोमबार नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अघिल्लो साता संक्रमितको संख्यामा ९ हजारको हाराहारीमा वृद्धि हुने गरेको थियो ।

हाल देशभरका ४६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ । प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी, प्रदेश नं. २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ, म्याग्दी र स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सल्यान। दैलेख, सल्यान र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १७ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं. १ मा इलाम, ताप्लेजुङ, खोटाङ उदयपुर, धनकुटा, ओखलढुंगा र संखुवासभा, प्रदेश नं. २ मा सर्लाही तथा वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा बाग्लुङ, पर्वत र लमजुङ, लुम्बिनी प्रदेशमा रोल्पा र कर्णाली प्रदेशमा जाजरकोट, कालिकोट र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा दार्चुलामा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

नेपालमा पीसीआर गरिएकोमा संक्रमणदर १७.७३ प्रतिशत रहेको छ । मृत्युदर १.६ प्रतिशत रहेको छ । जम्मा मृत्यु प्रति दशलाखमा (पोजेटिभमा) २२४.२ रहेको छ ।हालसम्म कोरोनाको कारण ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।

यस्तै, नेपालमा संक्रमितमध्ये पुरुष ६१.३४३ प्रतिशत रहेका छन् भने महिला ३८.६६ प्रतिशत रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *