सुदूरपश्चिम सरकार संकटमा, एमालेले लियो समर्थन फिर्ता
फाइल फाेटाे
काठमाडौं। माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको सुदूरपश्चिम सरकार संकटमा परेको छ। सत्ता साझेदार नेकपा एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ।
सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। एमालेले समर्थन फिर्ता लिएसँगै भट्टको सरकार अल्पमतमा परेको छ। अब ३० दिन भित्र भट्टले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment