कोरोनाले विदेशमा दुई सातामा ४१ नेपालको मृत्यु, हालसम्म ४२३ को मृत्यु

डिसी नेपाल
११ जेठ २०७८ ८:०१

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९)का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा ८ , फ्रान्समा १, माल्दिम्समा १ , बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी ४१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । एनआरएनएले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

संघले डा.संजिव सापकोटाको संयोजकत्वमा डा.सागर पौडेल (भारत), डा.नितेश शर्मा (मध्यपूर्व), डा.बोधराज सुवेदी (युरोप), डा.रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *