उडिरहेको जहाजमा जोडीले अश्लील हर्कत गर्न थालेपछि एयरहोस्टेसले कम्बलले ढाकिदिइन्

डिसी नेपाल
११ जेठ २०७८ १२:५०

काठमाडौं। पाकिस्तानमा एक यात्रुवाहक उडानमा एक जोडीले किस तथा रोमान्सगर्न लागेको घटनाले निकै विवाद सृजना भएको छ । कराचीबाट इस्लामाबाद गइरहेको उडान नम्बर पीए–२०० मा भएको हो । पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार प्रत्यक्षदर्शीहरुले ती दुई जना विमानको चौथो पंक्तिमा बसेको र अचानक उनीहरुले अश्लील हर्कत गर्न थालेपछि अरु यात्रीहरु असहज भएको दावी गरेका छन् ।

जोडीले यस्तो हर्कत गर्न लागेपछि यात्रुहरुले केबिन क्रुसँग यसको गुनासो गरेका थिए । त्यसपछि एक एयरहोस्टेस आइन् र उनले जोडीलाई सार्वजनिक ठाउँमा संयमताका साथ बस्न आग्रह गरिन् । तर, जोडीले ती एयरहोस्टेसको कुरा बेवास्ता गरे र पुनः आफ्नै धुनमा लागे । त्यसपछि एयरहोस्टेसले स्थिति गम्भीर हुन सक्ने आशंकाले ती जोडीलाई कम्बलले ढाकिदिइन् । त्यहाँ भएका यात्रुले जोडीका हर्कत नदेखुन् र असहज महसुस नगरुन् भनेर उनले यस्तो गरेकी थिइन् ।

ट्रिब्युनका अनुसार केही यात्रुहरुले जोडीलाई संयक कायम गर्न भनेका थिए तर उनीहरुले अहंकारपूर्वक हामीलाई केही भन्ने तिमीहरु को हौ ? भनेर प्रतिप्रश्न गरेका थिए । विमानमा अधिवक्ता बिलाल फारुक अल्वी पनि थिए । जोडीको यस्तो हर्कतमा विमानको केबिन क्रुले केही नगरेको भन्दै उनले जोडी र एयरलाइन्स स्टाफविरुद्ध नागरिक उड्डयन प्राधिकरणमा उजुरी गरेका छन् ।

समाचारका अनुसार प्राधिकरणले अब यस विषयमा अनुसन्धान गरिरहेको छ । यसअघि पनि पाकिस्तानमा एक जोडी निकै चर्चामा आएका थिए । उनीहरुले इस्लामाबाद सिटी सेन्टरमा कारमा बसेर किस गरिरहेका थिए । पुलिसले त्यो जोडीलाई पक्राउ गरेको थियो । पाकिस्तानमा सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा दोषी ठहरिए ३ महिना जेल सजाय हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *