नेपाली गौरव र एकता कायम राख्नुपर्छः पशुपतिशम्शेर राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले सबै मिलेर आधुनिक नेपाल निर्माणको गौरव र एकता कायम राख्नु पर्ने बताएका छन् । बुद्धजयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले आफूलाई विधिभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र सङ्कटमा परेको जनाए।
शान्तिका अग्रदूत बुद्धको शरणमा सम्राट अशोकले शान्ति, सौर्य प्राप्त गरेको दृष्टान्त प्रस्तुत गर्दै राणाले भनेका छन्, ‘कलिंगको युद्धबाट अशोकको मन परिवर्तन भए झैं बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा अहम, आग्रह त्याग्ने, सबै नेपाली मिलेर आधुनिक नेपाल निर्माणको गौरव, एकता कायम गर्ने ज्ञान प्राप्त होस् ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment