सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं। नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमण (कोभिड–१९) का कारण मृत्यु भएको छ। सेनाको छाउनिस्थित सैनिक अस्पताल उपचाररत उनको बिहीबार बिहान निधन भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्ताेषबल्भव पाैडेलले जानकारी दिए।
केसी सेनाको १३ नम्बर बाहिनीका बाहिनीपति थिए। उनको एक महिनादेखी उपचार जारी थियो।
केसी केही महिनाअघि मात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर नेपाल फर्किएका थिए। उनी करिब एक महिनाअघिदेखि नेपाली सेनाको अस्पताल छाउनीमा उपचाररत थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment