सुदूरपश्चिममा एमालेका तीन मन्त्रीसँग स्पष्टीकरण मागियो
काठमाडौं। एमालेले २४ घण्टा भित्र मन्त्रीबाट फिर्ता हुन निर्देशन दिए पनि निर्देशन नमानेको सुदूरपश्चिम सरकारमा रहेका एमालेका तीनजना मन्त्रीलाई स्पष्टीकरण सोधिएको छ।
एमाले प्रदेश कमिटीका अध्यक्ष अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।
एमाले स्थायी कमिटीले माओवादी नेतृत्वको दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो। तर, एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय लिएको थियो।
संसदीय दलमा माधव समूहको स्पष्ट बहुमत रहेकाले उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय उल्लंघन गर्दै केन्द्रको निर्णय अस्वीकार गरेका थिए।
मन्त्रीहरु फिर्ता नभएपछि प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो।

No ads found for this position


डिसी नेपाल
Facebook Comment