ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

डिसी नेपाल
१३ जेठ २०७८ १६:५६

पेरिस । सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ ।

कम्पनीका अनुसार यस अध्ययनमा खोपको प्रभावकारिता अध्ययन गरिने छ । साथै कोभिड–१९ का नयाँ स्वरुप (भेरिएन्ट) मा यस खोपले काम गर्न सक्छ वा सक्दैन भन्ने पनि अध्ययन गरिने छ ।

खोप परीक्षण सफल भए यसै वर्षको अन्त्यसम्ममा खोपलाई नियामक निकायले आमप्रयोगका लागि अनुमति दिने विश्वास कम्पनीले लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *