काठमाडौं महानगरमा एन्टिजेनमा आधारित वृहत कोभिड परीक्षण हुँदै

डिसी नेपाल
१३ जेठ २०७८ १८:५३

काठमाडौँ। काठमाडौँ महानगरले शुक्रबार एन्टिजेनमा आधारित वृहत कोभिड परीक्षण शुरु गर्ने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा हुने परीक्षणको पहिलो दिन शुक्रबा।र वडा नम्बर ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण हुनेछ।

परीक्षणबाट तत्काल रिपोर्ट आउँछ। त्यसपछि पोजेटिभ देखिएका विरामीलाई आइसोलेशनका माध्यमबाट समूदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ। हरेक दिन १० वटा वडा केन्द्रबाट परीक्षण गर्ने योजनाअनुसार शनिबार वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ।

यसैगरी आइतबार १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने कोविड सम्पर्क अधिकारी ज्ञानबहादुर ओलीले जानकारी दिए। जेठ १७ गते ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ का तोकिएका केन्द्रमा परीक्षण हुनेछ। जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ का तोकिएका केन्द्रमा परीक्षण हुनेछ।

समूदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गरिने भएको हो। परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट््याक्ट टे«सिङ् (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ। कोभिडको लक्षण देखिएका, कन्ट््याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्न लागिएको हो।

महानगरले यस लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिहरुलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन आग्रह गरेको छ। परीक्षण केन्द्र तथा अन्य जानकारीका लागि नागरिकलाई सजिलो होस् भनेर महानगरल क्लिनिक इन्चार्जहरुको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। यससम्बन्धि कुनै जानकारी चाहिए सम्बन्धित वडाका क्लिनिक इन्चार्जहरुसँग सम्पर्क गर्न सकिने जनस्वास्थ्य विभागको भनाइ छ।

परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ।

यसअघि कालीमाटी तरकारी तथा फलफुल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिसकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *