महिला स्वास्थ्य स्वयम सेवकको भत्ता बढ्यो

डिसी नेपाल
१५ जेठ २०७८ १६:३३
556
Shares

काठमाडौं। सरकारले महिला स्वास्थ्य स्वयम सेवकको भत्ता बढाएको छ। देशभरका ५२ हजार स्वयम सेवकलाई दिँइदै आएको यातायात भत्तामा शतप्रतिशत वृद्धि गरिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत भत्ता बढाउने व्यवस्था गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। अब स्वयम सेवकले वार्षिक १२ हजार रुपैयाँ यातायात खर्च पाउने छन्।

उनका अनुसार देशभरका सबै स्थानीय तहलाई क्षय रोगमुक्त घोषणा गरिने छ। यी सबै कार्यक्रमका लागि १ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *