उद्योग व्यवसाय क्षेत्रबाट बजेटको स्वागत

डिसी नेपाल
१५ जेठ २०७८ २३:४९

मोरङ । आर्थिक वर्ष २०७८ \७९ को आज प्रस्तुत बजेटका सम्वन्धमा मोरङका उद्यमी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले कोरोना महामारी रोकथामका लागि आएको बजेट विनियोजन निकै स्वागतयोग्य र राम्रो पक्ष भएको बताए ।

उनले राजश्व उठाउने लक्ष्य ठूलो भएअनुसार कार्यान्वयन पक्षले बजेट सफल हुने या असफल हुने निर्धारण गर्छ भने । यस्तै उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा दुई तहको फरक हुनु पर्छ भन्ने मागलाई एक तहको फरक पर्ने व्यवस्था भएकामा स्वागत गरे ।

नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले सुनसरीको अमडुवामा रहेको छ ६५० बिघा जमीनमा आर्थिक क्षेत्र बन्नुपर्छ भनेर उठाइएको माग सम्बोधन भएकामा खुशी व्यक्त गरे । यसैगरी प्रदेशस्तरीय औद्योगिक प्रर्दशनीस्थलमा बजेट आएकामा स्वागतयोग्य छ भने ।

पर्यटन उद्यमी भविष श्रेष्ठले सरकारी कर्मचारीलाई तलबसहित बिदा दिने भनी बजेटमा उल्लेख गरिएबाट आन्तरिक पर्यटन क्षेत्रको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त्त गरे ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले डिजेलमा लाग्दै आएको भ्याट रिफन्ड हुुनु र औद्योगिक व्यवसायिक क्षेत्रलाई बजेटले राम्रोसंँग समेट्न खोजेको धारणा राखे । रासस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *