सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीलाई गाली गर्ने साह प्रहरी फन्दामा

डिसी नेपाल
१९ जेठ २०७८ २१:०६

काठमाडौं। सामाजिक सञ्जालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गाली गलौच गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनर्गल आरोप लगाएको आरोपमा पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० का २४ वर्षीया सौरभ साहलाई पक्राउ गरेको हो।

साहले वीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी स्वास्थ्यकर्मीको चरित्र हत्या गर्ने, धम्क्याउने गरेका थिए। उनले कानुनविपरीत क्रियाकलाप गरेको भन्दै स्वास्थ्यकर्मीले जायरी दिएपछि प्रहरीले साहलाई पक्राउ गरेको हो।

साहले आफूलाई सञ्चारकर्मी तथा समाजिक अभियन्ता भनी फेसबुक ग्रुपपेज समेत चलाएर स्वास्थ्यकर्मीलाई विभिन्न आरोप लगाएको प्रहरीले दावी गरेको छ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको अनुसन्धान शुरु गरेको पर्सा प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *