माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुन एमालेको चेतावनी
फाइल
काठमाडौं। पूर्व प्रधानमन्त्री माधव नेपालले एमाले केन्द्रीय कमिटी बैठक बोलाएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। अध्यक्षसँगको सहमतिमा महासचिवले पार्टी बैठक बोलाउने प्रावधान विपरित अनाधिकृत व्यक्तिले पार्टीको बोलाएको भन्दै एमालेले अपात्ति जनाएको छ।
केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले आज विहानै प्रेस वक्तव्य प्रकाशित गरी पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै त्यसको पार्टीले निन्दा र भर्त्सना गरेको जनाएका छन्।
वक्तव्यमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु।’
आज नेपालले बिहान ११ बजे भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक राख्न लागेका छन्। उक्त बैठक हुनु तीन घण्टाअघि एमालेले विज्ञप्ति निकालेर उक्त बैठकमा सहभागी नहुन नेताहरूलाई भनेको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment