विश्व स्वास्थ्य संगठनले भन्यो ‘कोरोनाको नेपाली भेरिएन्ट भेटिएको छैन

डिसी नेपाल
२० जेठ २०७८ १४:१९

बेलायती अखबारमा कोरोनाको नेपाली भेरिएन्ट युरोपमा फैलिएको भन्ने समाचार प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाको नेपालमा म्युटेट भएको भेरिएन्ट नभेटिएको प्रस्ट पारेको छ । विश्व स्वास्थ्य संगठनले आफूलाई नेपालमा फैलिएका ३ भेरिएन्टबारे मात्रै जानकारी भएको भन्दै यीबाहेक अन्य कुनै भेरिएन्टबारे जानकारी नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोनाभाइरसको अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) मात्र भेटिएको प्रस्ट पारेको छ । बेलायती अखबार डेलीमेलले बुधबार नेपाली भेरिएन्टका कारण बेलायती अधिकारी चिन्तामा परेको दावी गर्दै समाचार लेखेपछि विश्व स्वास्थ्य संगठनले सफाइ दिएको हो । लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै जाने बेलायती सरकारको नीतिलाई नेपाली भेरिएन्टले प्रभाव पार्ने जोखिम भएको बताउँदै अखबारले समाचारको शीर्षकमै ‘हाम्रो विदामा नेपाली भेरिएन्टको जोखिम’ लेखेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *