बलात्कार र हत्याको अपराधमा जेलमा रहेका बाबा राम रहीमको स्वास्थ्य बिग्रियो

डिसी नेपाल
२० जेठ २०७८ १६:३६

काठमाडौं। बलात्कार र हत्याको आरोपमा रोहतकको जिल्ला जेलमा रहेर सजाय काटिरहेका बाबा गुरमित राम रहीम सिंहको स्वास्थ्य बिग्रिएको छ । बुधबार राती बाबाको पेट दुख्न थालेको थियो । जेलका डाक्टरले उनको सुरुवाती उपचार गरे तर बाबा रातभर छटपटाइरहे । बिहीबार बिहान ६ बजे पुलिस टिम बाबालाई लिएर पीजीआइएमएस मेडिकल कलेज गएको थियो । केही परक्षिण गराएपछि बाबालाई पुनः जेलमा पठाइएको छ ।

बाबालाई ल्याउनुभन्दा पहिले पीजीआइएमएसमा बिहीबार बिहानै कडा सुरक्षा तैनाथ गरिएको थियो । स्थानीयले त्यहाँ कुनै मन्त्री आउन लागेको अनुमान गरेका थिए । बिहान करिब ८ बजे मात्रै स्थानीयले त्यहाँ राम रहीमलाई ल्याइएको थाहा पाएका थिए । त्यति बेला नै पुलिसले बाबालाई लिएर जेल गए । बिहीबार सहित बाबालाई २३ दिनभित्र ३ पटक जेलबाट बाहिर ल्याइएको छ ।

बाबालाई पटक पटक यसरी बाहिर ल्याउनु सुरक्षाको दृष्टिले खतरनाक मानिएको छ किनकि बाबालाई सजाय सुनाउने बेला हरयाणा र पंजाबमा ठूलो दंगा भएको थियो जसमा दर्जनौंको मृत्यु भएको थियो र हजारौं घाइते भएका थिए । बाबा राम रहीमलाई २ साध्वीलाई बलात्कार गरेको आरोपमा २० वर्ष जेल सजाय सुनाइएको छ भने एक पत्रकारको हत्याको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *