प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
काठमाडौं। पत्रकार बालकृष्ण बस्ने नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। विहीबार बसेको मन्त्रिपरिषद बैठकले दोलखाका बस्नेतलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए। उनलाई सरकारले ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। हाल गोपाल बुढाथोकी कार्यबाहक अध्यक्ष थिए।
बस्नेत हालै भएको पत्रकार महासंघको चुनावमा एमाले निकट प्रेस गणेश बस्नेत समूहबाट महासचिबको उम्मेदवार थिए। बस्नेत लामो समय कान्तिपुर दैनिकमा कार्यररत थिए। पछिल्लो समय उनी अनलाइन पत्रकारितामा थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment