पर्यावरण सन्तुलनको उत्तम विकल्प : सिमसार क्षेत्रको विस्तार – Dcnepal

पर्यावरण सन्तुलनको उत्तम विकल्प : सिमसार क्षेत्रको विस्तार

प्रत्येक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस यस वर्ष “Ecosystem Restoration” भन्ने अन्तराष्ट्रिय नारा र “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनस्र्थापना” भन्ने राष्ट्रिय नाराका साथ आज विश्वभरी मनाइको छ।

यो दिवसको मुख्य उद्देश्य वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु हो। यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा मनाउन थालिएको हो।

वातावरण भौतिक, मानसिक, सामाजिक, नैतिक, सांस्कृतिक, आर्थिक, राजनैतिक र भावनात्मक शक्तिहरुको योग हो, जस्लाई जीवन, प्रकृति, व्यवहार, विकास, जीव, प्राणीहरूको परिपक्ता आदिले प्रभावित गरेको हुन्छ। जहाँ प्रकृतिका निः शुल्क उपहार र मानवनिर्मित कुराहरु समावेश भएको हुन्छन्।

अर्थात वातावरण भौतिक, रासायनिक, जैविक, तथा सामाजिक तत्वहरुबाट निर्मित एउटा छुट्टाउन नसकिने पूर्ण पद्दति हो, जुन व्यक्तिका चारैतिर घेरिएर रहेको हुन्छ। जस्ले मानव जीवनको विकास, परिपक्कता, व्यवहार र जीवनशैलीका समग्र क्षेत्रमा प्रभाव पार्दछ।

पर्यावरण हरेक जीवसित जोडिएको वातावरणीय अवस्था हो अर्थात वातावरण र जीवको अन्तरसम्बन्ध पर्यावरण हो । सिगों पृथ्वी नै एउटा घर हो, यो लाखौं प्रकारका जीवहरुको आश्रयस्थल हो। यसको सबै भागमा एउटै प्रकारको हावापानी र माटो छैन। स्थान अनुसार माटो, हावापानी, वनस्पति यावत वस्तु फरकफरक छन्। राम्रो आश्रयस्थल बन्नको लागि जल, वायु, जमीनको अवस्था सन्तुलित हुनु आवश्यक छ।

पिउनयोग्य पानी, स्वच्छ वायु र आवश्यक खेतीयोग्य जमीन हाम्रा बाँच्ने आधार हुन्। कुनैपनि प्राणीको अस्तित्व एक्लै सम्भव छैन। प्राणी वा वनस्पति वातावरणसित जुधिरहेका हुन्छन्। तसर्थ सहज जीवनका लागि आधार भूमि लगायत त्यस स्थानको वातावरण अनुकूलित हुन जरुरी हुन्छ।

पृथ्वीको पर्यावरणीय अवस्था अहिलेको परिप्रेक्ष्यमा प्रविधिजन्य तथा औद्योगिक विकासक्रमले ह्रास हुँदै गइरहेको छ। जनसंख्या वृद्धि र विलासिता शैलीको मानव, विश्वमा नै बढ्दो शहरीकरण, अव्यवस्थित औद्योगिकीकरण, अत्यधिक रासायनिक मलको प्रयोग, विषादिको प्रयोग, वनविनाश आदि कारणले पर्यावरणीय असन्तुलन भइरहेको छ।

रसायन तथा फोहरको गलत व्यवस्थापन, दूषित पिउने पानी, जल तथा वायु प्रदूषणका कारण विश्वका एक चौथाइ मानिसले ज्यान गुमाइरहेका छन् । बर्सेनि ३० लाख ७० हजार मानिसले वायु प्रदूषण सिर्जित रोगबाट ज्यान गुमाइरहेका छन्। विकासोन्मुख मुलुकमा कोइला, दाउरा, गुइँठाजस्ता ऊर्जाका परम्परागत स्रोतबाट निस्कने दूषित धूवाँबाट ४० लाख ३० हजार मानिसले ज्यान गुमाइरहेका छन्। जलप्रदूषित रोगबाट विश्वका आधा अस्पताल भरिने गरेका छन्।

जलप्रदूषणबाट वार्षिक १ अर्ब ७० हजार मानिसको स्वास्थ्य जोखिममा पर्ने गरेको छ। विकासोन्मुख मुलुकमा वार्षिक ६० हजार मानिस मौसमसँग सम्बन्धित दुर्घटनाबाट मर्ने गरेका छन्। यसको साथै कैयन जीवजन्तु समेत लोप हुँदै गईरहेका छन् । पर्यावरणको सन्तुलन हुन नसक्दा यी संकट निम्तिएका हुन्।

अहिले विश्वमा कोभिड महामारी फैलिनुको एक कारक तत्व पर्यावरण असन्तुलन र वातावरण प्रदुषणपनि हो। औषधि विज्ञानका अनुसार एउटा सामान्य वयस्क मानिसले प्रति मिनेट ७ देखि ८ लिटर हावा सास फेर्नेछन् जुन दैनिक ११ हजार लिटर हुन आउँछ।

यो गम्भिर परिवेशलाई मध्यनजर गर्दै पर्यावरणमा हुने थप क्षतिलाई न्यूनिकरण गर्न र विश्वव्यापी चेतना जागाउने उद्देश्यले संयुक्त राष्ट्रसंघले (Re- imagine, Re-creation, Restore ) अर्थात पारिस्थितिक प्रणालीको पुनस्र्थापना (Ecosystem Restoration), भन्ने नाराका साथ विश्वभरी यो दिवस मनाउन गइरहेको छ।

यसैगरी नेपाल सरकारले “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनस्र्थापना” भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रुपमा गरेको प्रतिबद्धतालाई साकार पार्न देशव्यापी रुपमा यो दिवस मनाई रहेको छ। यस वर्ष संयुक्त राष्ट्रसंघले दीगो विकास लक्ष्य प्राप्तिको लागि विश्व स्वास्थ्य संगठनसँग सन् २०२१ देखि २०३० को दशकमा विभिन्न कार्यक्रम गर्ने सहकार्य गरेको छ।

हाम्रो देशमा भएको अव्यवस्थित औद्योगिक विकास, अव्यवस्थित वसोवास, वातावरण सुधार प्रतिको लगनशीलता र चेतनाको कमीको कारण मानव स्वास्थ्यमा अनौठा–अनौठा रोगहरू देखा पर्नुको साथै विभिन्न समस्याहरू देखा परिरहन्छन् । बाक्लो र अव्यवस्थित वस्ती भएका यी शहरहरुमा दिनहुँ थुप्रै फोहोर उत्पादन हुन्छ।

त्यसलाई जथाभावी सडकको छेउमा फालिरहेको देखिन्छ । कहिलेकाही ती फोहोरका थुप्राहरुमा दिउसोसम्म आगो बलिरहेको हुन्छ । उक्त आगोमा प्लाष्टिकजन्य वस्तुहरु जलिरहेका हुन्छन्। प्लाष्टिकजन्य धुवा ज्यादै हानीकारक हुन्छ।

यसले हानिकारक ग्यासहरु कार्वोडाइअक्साइज, कार्वनमानो अक्साइज, नाइट्रोजन अक्साइज, सल्फर अक्साइड जस्ता ग्याँसहरु उत्पादन गर्छ जसले श्वास–प्रश्वास प्रणाली मार्फत मानव शरीरमा प्रवेश गरी क्यान्सर तथा दीर्घकालीन रोगहरु निम्त्याउँछ।

शरीरका विभिन्न तन्तुहरूको काम गर्ने क्षमतालाई ह्रास गराउँछ र उक्त ग्यास वायुमण्डलमा पुगेर हरित गृह प्रभाव  (Green House Efffect) बन्दछ । जसले पृथिवीको तापमान बढाउन भूमिका निर्वाह गर्दछ।

यसरी हाम्रो शरीर र समग्र वायु मण्डललाई प्रभाव पार्ने फोहोरको व्यवस्थापन गर्ने तर्फ भने सरोकारवालाको उचित ध्यान पुगेको पाइँदैन। फोहोर व्यवस्थापनका लागि ‘डम्पिन साइट’ लाई अधिकांश स्थानीय तहले उत्तम विकल्पको रुपमा लिएका छन् तर ‘डम्पिन साइट’ अनुपयुक्त सावित भइसकेकोछ।

वेलायतमा ५० औं वर्ष अघि त्यसरी नै डम्पिन साइट बनाएको ५० औं बर्षपछि घर बनाएर वस्दा पनि त्यस्ता वस्तीका घरमा वस्ने मानिसहरूमा विभिन्न प्रकारका अनौठा रोगहरू देखा परे र विशेषज्ञहरूको टोलीले अनुसन्धान गर्दा उक्त ठाउँमा ५० औं वर्ष अघि बनाइएको खाल्डो र जम्मा गरिएको फोहोरको विषाक्त ग्यासले मानिसहरूलाई नराम्रो प्रभाव पारेको तथ्य पत्ता लागेको थियो।

तसर्थ फोहोरको व्यवस्थापनको लागि ‘डम्पिन साइट’ समस्या समाधानको वैज्ञानिक विकल्प होइन। जसको कारण पर्यावरण सन्तुलनमा समेत असर परिरहेको छ।

अहिले विश्वमा कोभिड महामारी फैलिनुको एक कारक तत्व पर्यावरण असन्तुलन र वातावरण प्रदुषणपनि हो। औषधि विज्ञानका अनुसार एउटा सामान्य वयस्क मानिसले प्रति मिनेट ७ देखि ८ लिटर हावा सास फेर्नेछन् जुन दैनिक ११ हजार लिटर हुन आउँछ। (sharecare .com Online)

कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको आवश्यकता उनीहरूको रोगको गम्भिरताको आधारमा भिन्न हुन्छ। प्रत्येक कोविड –१९ बिरामीहरू अरु विरामी भन्दा फरक हुन्छन्। पुरक अक्सिजन चाहिने मध्ये केहीलाई प्रति मिनेट एक वा दुई लिटर अक्सिजनको आवश्यक पर्न सक्छ ।

यस समयमा अक्सिजन आपूर्ति र प्रयोग फोक्सोको क्षमतामा भर पर्दछ, यसको आवश्यकता प्रति मिनेट तीन देखि चार लिटर मेडिकल अक्सिजनको अनुमान गरिएको छ। जुन प्रतिघण्टा २४० लिटर हुन आउँछ।

अझ High flow nasal cannula (HFNC) समर्थन आवश्यक बिरामीहरूलाई प्रति मिनेट ६० लिटर र प्रति घण्टा ३६०० लि. अक्सिजन आवश्यक पर्न सक्छ जुन प्रतिदिन ४३,२०० लिटर हुन आउँछ। डाक्टरहरुको भनाई अनुसार केही अवस्थाका विरामीहरुलाई प्रतिदिन प्रति विरामी ८६,००० लिटर सम्म अक्सिजन आवश्यकता पर्दछ। -Indiatoday.Online)

तर विडम्बना हाम्रो देशमा अहिले कति मेडिकल अक्सिजनको आवश्यकता छ भन्ने तथ्याङ्क पनि छैन र पर्याप्त अक्सिजन पनि छैन यसको साथै अक्सिजनको यथेष्ट मात्रामा उत्पादन हुन सकेको अवस्था पनि छैन सरकार र निजी अस्पतालका सञ्चालकहरुको प्राथमिकतामा पनि कहिल्यै अक्सिजन प्लान्ट परेन । अक्सिजन कै अभावमा धेरै अस्पतालहरुमा विरामीको मृत्यु भइरहेको समाचार हेर्न र सुन्न पाइन्छ।

“हाल नेपालका प्रायः निजी अस्पतालहरूमा अक्सिजन उद्योग छैन र निजी क्षेत्र आपूर्तिकर्तासँग भर पर्नु पर्दछ,” निजी स्वास्थ्य संस्था नेपाल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष कुमार थापाका अनुसार नेपालमा हाल करिब ३०० निजी अस्पताल छन् र ती मध्ये २० वटामा मात्रै आफ्नै अक्सिजन प्लान्ट रहेका छन्।

निजी अस्पतालहरूको स्वामित्वका अनुसार अक्सिजन प्लान्ट उनीहरूको प्राथमिकतामा थिएन किनकि पहिले कहिल्यै आवश्यक परेको थिएन। थापाले भने, ’हामीले अस्पतालको पूर्वाधारको रूपमा अक्सिजन प्लान्टमा कहिले छलफल गरेनौं।’ ९त्जभ (The Kathmandu post,16 may 2021)  ।

मानिसलाई आवश्यक पर्ने अक्सिजनका विभिन्न स्रोत मध्ये वोटविरुवा पनि एक महत्वपूर्ण स्रोत हो। रुखले दिने अक्सिजनको मात्राको मापन कहिलै पनि सटिक हुँदैन एउटा रुखको अक्सिजन दिने क्षमता यसको समग्र पात संख्यामा समेत भर पर्दछ।

हाम्रो वरिपरि वर, पिपल, निम, घिउकुमारी, तुलसी, जामुन, र वाँस जस्ता बोट विरुवा र रुख रोप्नाले हावामा अक्सिजनको शुद्धता बढ्नुका साथै कार्बनडाइअक्साइडको मात्रा पनि कम हुन्छ।

विश्वभरी पर्यावरण असन्तुलनको यो अवस्थामा सुधार नभएमा अवको २०० वर्षमा पृथ्वीमा मानिसको अस्तित्व संकटमा पर्ने कुरामा वातावरण विज्ञहरुले सचेत गराएका छन्। तसर्थ वृक्षारोपण, खोलानाला, चुरेको संरक्षण, सीमसार तथा जलाधारको संरक्षण, फोहोरको समुचित व्यवस्थापन, पेट्रोलियम पदार्थको प्रयोग कटौती, स्यानेटरी ल्यान्डफिलको दिगो व्यवस्थापन पर्यावरण सन्तुलनका लागि त्यत्तिकै महत्वपूर्ण छन्।

यसको साथै दम, चिसो, उच्च रक्तचाप, कोलेस्ट्राल, साधारण चसो, ज्वरो, र फ्लू जस्ता गम्भीर रोगहरूको उपचारको लागि साथै छाला सम्बन्धी समस्या लगायत थुप्रै समस्याको समाधान गर्न यी र यस्तै प्रकारका प्राकृतिक बोटविरुवा र जडिवुटीको प्रयोग गरिन्छ। बोट विरुवाले मानिसलाई चाहिने अक्सिजन प्रदान गर्नुको साथै पर्यावरण सन्तुलनमा समेत महत्वपूर्ण भूमिका खेल्दछ।

विश्वभरी पर्यावरण असन्तुलनको यो अवस्थामा सुधार नभएमा अवको २०० वर्षमा पृथ्वीमा मानिसको अस्तित्व संकटमा पर्ने कुरामा वातावरण विज्ञहरुले सचेत गराएका छन्। तसर्थ वृक्षारोपण, खोलानाला, चुरेको संरक्षण, सीमसार तथा जलाधारको संरक्षण, फोहोरको समुचित व्यवस्थापन, पेट्रोलियम पदार्थको प्रयोग कटौती, स्यानेटरी ल्यान्डफिलको दिगो व्यवस्थापन पर्यावरण सन्तुलनका लागि त्यत्तिकै महत्वपूर्ण छन्।

यसको अतिरिक्त पर्यावरण सन्तुलन कायम राख्नका निमित्त विश्वव्यापी प्रतिबद्धता, जनचेतना अभिवृद्धि, भए गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको अक्षरशः कार्यान्वयन, राज्यले अघि सारेका नीति, नियम, ऐन, कानुनको परिपालना गर्दै भावी सन्ततीलाई प्रकृति प्रेम सिकाउनु आवश्यक छ ।

पर्यावरणमा भएको असन्तुलनलाई हटाई त्यसको पुनस्र्थापना गर्न आगामी पुस्तालाई वातावरण र प्रकृतिलाई माया गर्न सिकाऔँ । कागज र कम्प्यूटरमा हैन वास्तविक्तामै जनावर र जगंल देख्ने अवस्था सृजना गरौं । हाम्रो हावामा आउने अक्सिजन समुद्रबाट आउँछन्।

समुन्द्रमा अक्सिजन उत्पादन त्यहा भित्र रहेका हरिया वनस्नती र लेउले पैदा गर्दछन् । तसर्थ हाम्रो जस्तो समुद्र नभएको भूपरिवेष्ठित मुलुकमा वातावरण सन्तुलन र पर्यावरण संरक्षणको उत्तम विकल्प सिमसार क्षेत्रको संरक्षण, विकास र विस्तार भएकोले त्यस तर्फपनि ध्यान दिऔं।

सरकार, स्थानीय निकाय, उद्योगी व्यवसायी, सर्वसाधारण लगायत सरोकारवालाहरुको आ– आफ्नो भूमिका निर्वाह गरौ र भावी सन्ततीको भविश्य सुनिश्चित गरौं। वातावरण दिवसको सबैमा शुभकामना ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो