ब्राजिलमा पनि स्पुतनिक– ५ खोप प्रयोग गर्न अनुमति

डिसी नेपाल
२२ जेठ २०७८ १६:१९

मस्को । कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–५ प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ ।

ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरूमध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ ।

रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो ।

कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

विश्वभरी कोरोनाभाइरसका विरुद्धमा लाभदायक हुने भन्दै झण्डै एक दर्जन खोप प्रयोगमा आएको छ । तर ती मध्ये स्पुतनिक भी दोस्रो धेरै प्रयोग गरिएको खोप मानिन्छ ।

स्पुतनिक भी का विकासकर्ताहरुले सो खोप ९७.६ प्रतिशत प्रभावकारी र सुरक्षित भएको दावी गरेका छन् । उनीहरुले यो खोपको दिर्घकालिन नकारात्मक असर पनि नरहेको बताउने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *