बलिउड अभिनेत्री यामी गाैतमले सुटुक्क गरिन् विवाह
मुम्बई। कोरोना महामारीबीच पनि बलिउड अभिनेत्री यामी गौतमले सुटुक्क विवाह गरेकी छन्। यी अभिनेत्रीले आफू दाम्पत्य जीवनमा बाँधिएको भन्दै इन्टाग्राममार्फत पतिसँग विवाहको तस्बिर सार्वजनिक गरेकी छन्।
यी अभिनेत्रीले फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन्। निर्देशक आदित्यले पछिल्लोपटक उरी भन्ने फिल्मको निर्देशन गरेका थिए। उनको निर्देशनमा नयाँ फिल्म द इमोर्टल आश्वत्थामा रिलिज हुँदै छ । अभिनेत्री यामी र निर्देशक आदित्य केही समय यताबाट प्रेम सम्बन्धमा रहेको चर्चा चल्दै आएका थिए।
तर, यी दुई सिनेकर्मीले त्यो चर्चालाई अश्वीकार गर्दै आएका थिए। अहिले पारिवारिक जमघटबीच सुटुक्क विवाह गरेर तस्बिर सार्वजनिक गर्दै यामी र आदित्यले सबैलाई चकित तुल्याएका छन्। दाम्पत्य जीवनमा बाँधिएका यी जोडीलाई अहिले बधाइको ओइरो लागेको छ। आफूहरूले जीवनको नयाँ यात्रा सुरु गरेको यामीले बताएकी छन्।
यो अवस्थामा आफूहरूलाई बधाई दिनेलाई उनले धन्यवाद ज्ञापन गरेकी छन्। यामीले अभिनय गरेको नयाँ फिल्म भूत पुलिस अहिले रिलिजको तयारीमा छ। जसमा सैफ अली खान, फतिमा सना शेख, ज्याक्लिन फर्नान्डिजको पनि मुख्य भूमिका रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment