राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

डिसी नेपाल
२३ जेठ २०७८ १६:०९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यही जेठ १३ गते साँझ भेरी अस्पताल बाँकेमा कोभिड उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातीक आक्रमण भएको थियो । त्यसको विरोधमा नेपाल चिकित्सक लगायत विभिन्न संघुंस्थाले स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेशमार्फत कानुन ल्याउन सरकारसँग माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *