इजरेलसँग फेरि युद्ध भयो भने मध्यपूर्वको नक्सा नै बदलिन्छः हमास

डिसी नेपाल
२३ जेठ २०७८ १८:५४

गाजा (एजेन्सी)। प्यालेस्टाइनको गाजामा प्रशासन चलाइरहेको प्यालेस्टाइनी लडाकु समूह हमासले अब फेरि इजरेलसँग युद्ध भए मध्यपूर्वको नक्सा नै बदलिने बताएको छ। हमास नेता याह्या सिनावारले अब इजरेलसँग युद्ध भए नक्सा परिवर्तन हुने बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।

हालै महास र इजेलबीच ११ दिनसम्म संघर्ष भएको थियो। सो क्रममा २५० भन्दा धेरै प्यालेस्टाइनी मारिएका थिए भने एक दर्जन इजरेली मारिएका थिए। हमास नेता सिनवारले ११ दिनसम्म चलेको संघर्षले आफूहरुको शक्तिबारे परीक्षण भएकोसमेत बताएका छन्। उनले यो संघर्षमा इजरेली सेनाले आफूहरुले बनाएका सुरुङ नष्ट गर्ने नीति लिए पनि असफल भएको बताएक छन्। साथै ३ प्रतिशतमात्र सुरुङ नष्ट भएको बताएका छन्।

उनले आफूहरुले समुद्रमा मिसाइल परीक्षण पनि गरिरहेको बताएका छन्। उनले गाजाको पुनःनिर्माणका लागि हुने कुनै पनि सहयोगको स्वागत गर्ने तर, त्यो सहयोग आफूहरुले चाहे अनुसार हुनुपर्ने बताएका छन्। उनले इजरेलसँगको पछिल्लो संघर्षले प्यालेस्टाइनहरुबीचको आपसरी द्वन्द्व सकिएकोसमेत उल्लेख गर्दै सबै लडाकु समूहबीच एकता रहेको दावी गरेका छन्। साथै अन्तर्राष्ट्रिय अरब समूदायबाट पनि सहयोग पाएको हमास नेताले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *