कोभिशील्ड खोपको दोस्रो मात्रामा एस्ट्राजेनेका खोप दिने
काठमाडौं । सरकारले कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका मानिसका लागि दोस्रो खोप अनिश्चित देखिएपछि एस्ट्राजेनेका खोप दिने भएको छ ।
अक्सफर्डरआस्ट्राजेनेकाले विकास गरेर सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको खोपको झण्डै १४ लाखले पहिलो मात्रा मात्र लिएको सरकारी विवरण छ।
नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग अग्रिम भुक्तानी गरेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोप भारतको निर्यातसम्बन्धी निर्णयले अनिश्चित देखिएपछि उक्त खोपको विकल्पमा उस्तै प्रकृतिको एस्ट्राजेनेका खोप दिने भएको हो ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment