भारतले बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

डिसी नेपाल
२४ जेठ २०७८ २२:४९
40
Shares

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् ।

परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । “आज कोभाक्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,” एम्सका एक अधिकारीले बताए । “परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।”

भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो ।

कोभ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि यस पहिले नै परीक्षण सुरू गरिसकिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *