मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गरेका एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

डिसी नेपाल
२५ जेठ २०७८ १९:५९

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेका सात जना सांसदलाई संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

संसदीय दलको निर्णयविरुद्ध सांसदहरु रतन थापा, लिलाधर भट्ट, पठानसिंह बोहरा, नेपालु चौधरी, ग्याल्बोसिंह बोहरा, माया तामाङ र बलदेव रेग्मीले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सांसदहरु अध्यक्ष ओली पक्षधर हुन् ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले उनीहरु सबैलाई स्पष्टीकरण माग्दै पत्र पठाएका हुन् । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *