अभिनेता दिलिप कुमार अस्पताल भर्ना
मुम्बइ। बलिउडका दिग्गज अभिनेता दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनकी पत्नी सायरा बानुले बताएकी छन्।
श्वास फेर्न गाह्रो भएपछि उनलाई हिन्दुजा अस्पतालमा लगिएको हो। इण्डियन एक्सप्रेससँग कुरा गर्दै सायराले भनेकी छन्, ‘श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै हामीले दिलिप साहबलाई बिहानको ८ः३० बजे खर रोडस्थित अस्पतालमा लग्यौं। उनको उपचार भइरहेको छ र केही परीक्षण गरिएको रिपोर्टको पखाईमा छौं। कृपया उहाँलाई छिट्टै निको होस् भनेर प्रार्थना गर्नुहोस्, ताकि हामी उहाँलाई छिट्टै घर लग्न सकौं।’
९८ वर्षीय अभिनेता कुमार पछिल्लो महिनामात्रै अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए। उनी पछिल्लोपटक दुई दिन हिन्दुजा अस्पतालमै बसेका थिए।
वास्तविक नाम मोहम्मद युसुफ खान रहेका अभिनेता दिलिप कुमार भारतका उत्कृष्ट अभिनेताहरूमध्ये एकमा पर्छन्। उनी पछिल्लोपटक सन् १९९८ मा रिलिज भएको चलचित्र ‘किल्ला’मा देखिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment